पहिरोका कारण नौबिसे–काठमाण्डौ सडक अवरुद्ध, काठमाण्डौ आवतजावत गर्ने यात्रु अलपत्र
काठमाण्डौ । अविरल वर्षासँगै आएको पहिरोका कारण नौबिसे–काठमाण्डौ सडक अवरुद्ध भएको छ । लेदोसहित खसेको पहिरोका कारण सुरुङमार्ग नजिकै रहेको खडकखण्डमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाण्डौ आवतजावत गर्ने सवारी साधन सडकमै रोकिएका छन् । निरन्तर वर्षा भईरहेकाले पहिरो हटाउने काम सुरु गर्न नसकिएको प्रहरीले जनाएको छ ।