सेबोनको बोर्ड बैठक सम्पन्न, नयाँ स्टक एक्सचेञ्जसँग सम्बन्धित प्रतिवेदन सार्वजनिक हुने
काठमाण्डौ । बिहिबार धितोपत्र बोर्ड(सेबोन)को सञ्चालक समितिको बैठक खुमलटारमा रहेको बोर्ड कार्यालयमा सम्पन्न भएको छ । बोर्ड अध्यक्ष सन्तोषनारायण क्षेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले नयाँ स्टक एक्सचेञ्जसँग सम्बन्धित नेपाल राष्ट्र बैैकका पूर्व डेपुटी गभर्नर चिन्तामणी सिवाकोटिको संयोजकत्वमा तयार भएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । धितोपत्र बोर्डका सहायक...