सेयर बजारमा चलखेल गर्ने अरु पनि पक्राउ पर्दैछन् ?सेबोन अध्यक्ष भन्छन्: ‘एक–एकको फाइल खोल्दैछु, दोषी कोही उम्किन पाउँदैन’
काठमाण्डौ । सेयर लगानीकर्ता तथा कारोबारी दीपेन्द्र अग्रवाललाई नेपाल धितोपत्र बोर्ड(सेबोन)को सिफारिसमा प्रहरीले पक्रेपछि सामाजिक सञ्जाल शुक्रबार साँझदेखि तातेको छ । सेयरबजारकै चर्चितदेखि नयाँ र गुमनाम लगानीकर्ता समेत आ–आफ्नो तर्कसहित सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् । बजारमा धेरैले फलो गर्ने लगानीकर्ताहरु(जसलाई ठूला, विज्ञ वा यस्तै यस्तै उपनाम दिइन्छ)...

