दीपेन्द्र अग्रवाललाई थप १ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाण्डौ । सेयर लगानीकर्ता तथा चर्चित कारोबारी दीपेन्द्र अग्रवाललाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ । आइतबार काठमाण्डौ जिल्ला अदालतमा भएको थुनछेक बहसका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले ७ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न दिन माग गरेकोमा थप १ दिन मात्र हिरासतमा राख्न अनुमति दिइएको हो ।

