भृकुटी स्टक ब्रोकिङको लाइसेन्स ३ महिनाका लागि निलम्बन, सञ्चालकलाई स्पष्टीकरण र जरीवाना
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नियमविपरीत सेयर कारोबार गरेको आरोपमा भृकुटी स्टक ब्रोकिङ कम्पनीमाथि कडा कारबाहीको निर्णय गरेको छ ।सोमबार बसेको सेबोनको सञ्चालक समिति बैठकले भुक्तानी नै नभई लगानीकर्ता दीपक भट्टको खातामा सेयर ट्रान्सफर गरिएको तथ्य फेला परेको दाबीसहित ब्रोकर कम्पनीलाई ३ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको एक सञ्चालकले जानकारी दिएका छन् ।

