अर्थ मन्त्रालयमा बस्यो सेबोनको बोर्ड बैठक, कर्मचारी आन्दोलनको विषयमा के-के भयो कुराकानी ?
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को सञ्चालक समितिको बैठक अर्थ मन्त्रालय परिसरमा बसेको छ । मंगलबार अपरान्ह ४ः३० बजेदेखि बसेको सञ्चालक समितिको बैठक केहीबेरअघि सकिएको छ । बैठकमा विगत लामो समयदेखि सेबोनको कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका कर्मचारीहरुको माग पूरा गर्ने विकल्पहरुको विषयमा छलफल भएको एक सञ्चालकले जानकारी दिए ।

