दीपेन्द्र अग्रवाल सीआईबीको नियन्त्रणमा, जोशी हाइड्रोपावरमा इन्साइडर ट्रेडिङ गरेको पुरानो फाइल सेबोनबाट पुगेपछिको एक्सन
काठमाण्डौ । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले नियन्त्रणमा लिएको छ । उनलाई काठमाण्डौबाट केहीबेरअघि अनुसन्धानका लागि भन्दै आएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

