सेबोनले खोल्यो थन्काइएको अनुसन्धानका ७ फाइल, ५६ सेयर खेलाडीमाथि कारबाहीको तयारी
काठमाण्डौ । मंसिर पहिलो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालका सबै नियामक तथा अनुसन्धान गर्ने निकायलाई छलफलमा बोलाएका थिए । सो छलफलमा स्पष्ट निर्देशन थियो: सम्पत्ति शुद्धीकरणबारे अन्तर्राष्ट्रिय निगरानी गर्ने निकाय ‘फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)’ ले नेपाललाई केही महिनाअघिदेखि ‘ग्रे लिस्ट’मा राखेको छ। यो लिस्टबाट...

