लकइनमा नयाँ व्यवस्था: ठूला शेयरधनीले बिक्री घोषणा गरेर मात्रै नपुग्ने, कारोबारको हिसाब पनि सार्वजनिक गर्नुपर्ने
काठमाडौँ । सूचीकृत कम्पनीका ठूला शेयरधनीले शेयर बेच्ने घोषणा गरेपछि बजारमा त्यसको प्रभाव देखिन्छ। तर घोषणा गरिएको शेयर वास्तवमै कति बिक्री भयो, कुन मूल्यमा भयो र बिक्रीपछि शेयरधनीसँग कति हिस्सा बाँकी रह्यो भन्ने जानकारी पनि लगानीकर्तासम्म पुग्नुपर्छ भन्ने निष्कर्षमा नेपाल धितोपत्र बोर्ड पुगेको छ।बोर्डले असोज ७ गते सार्वजनिक गरेको अवधारणापत्रमा आधारभूत शेयरधनीको ठूलो...

