सुधार कार्यदलको एउटा बुँदा कार्यान्वयन गर्न राष्ट्रबैंक चुक्दा नेप्सेमा बिक्री चाप !
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले तत्काल गर्नुपर्ने एउटा महत्वपूर्ण काम नगर्दा सेयर बजारका लगानीकर्ताहरु प्रताडित बन्न पुगेका देखिएको छ । अर्थमन्त्रीले गठन गरेको पूँजीबजार सुधार कार्यदलले सुझाएको एउटा महत्वपूर्ण बुँदा कार्यान्वयनमा राष्ट्रबैंकले चासो नदिंदा आश्विन मसान्तमा तिर्नुपर्ने ब्याजका कारण बजारमा निकै ठूलो बिक्री दवाब परेको देखिएको हो ।