२७९६ बाट फर्कियो बजार, चार्टले देखायो नयाँ बुलिस संकेत
-सुदर्शन शर्मा काठमाण्डौ । नेप्से परिसूचकमा पछिल्ला दुई दिनको कारोबारसँगै बनेको क्यान्डल संरचना र प्राविधिक चार्टले बजारमा तलतिर बलियो समर्थन कायम रहेको संकेत दिएको छ। सोमबार करिब १६३ अंकले बढेर २८७५ बिन्दुमा बन्द भएको बजार मंगलबार ३४ अंकको ग्यापसहित २९०९ माथि खुलेको थियो। कारोबारका क्रममा यही स्तर आसपास दिनको उच्च बिन्दु बनेको देखिन्छ।

