शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र सूचीकृत
काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा बैंकको ‘शाइन रेसुङ्गा डिबेञ्चर(साइन्ड) नामक ऋणपत्र सूचीकृत भएको हो । धितोपत्र सूचीकरण विनियमावली,२०७५ बमोजिम असोज ९ गतेको निर्णयानुसार उक्त ऋणपत्र सूचीकृत भएको हो ।

