आईपीओ निष्कासनसम्बन्धी निर्णय लिन श्री एयरलाइन्सले डाक्यो एजीएम
काठमाण्डौ । श्री एयरलाइन्स लिमिटेडले आईपीओ निष्कासनसम्बन्धी निर्णय लिन वार्षिक साधारण सभा डाकेको छ । भदौ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो । उक्त साधारण सभा असोज २ गते कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।