सिद्धार्थ बैंकका ग्राहकलाई नेशनल प्याथ ल्याबमा १० प्रतिशतसम्म छुट
काठमाण्डौ । सिद्धार्थ बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट उपलब्ध गराउने सम्झौता भएको छ।सम्झौताअनुसार महाराजगन्जस्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा सिद्धार्थ बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

