आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ५ अर्ब ५३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र नेपाल स्टक हाउस रहेका छन् ।

