दसैंमा खसी–च्याङ्ग्रामा सरकारी सहुलियत नहुने, बजेट अभावले बिक्री रोकियो
काठमाण्डौ । चाडपर्वका बेला बजार मूल्य नियन्त्रणका लागि विगतका वर्षहरूमा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको सरकारले यस वर्ष भने यस्तो बिक्री नगर्ने भएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजेट अभावका कारण यस वर्ष दसैंमा खसी–च्याङ्ग्रा बिक्री नगर्ने जनाएको हो।कम्पनीका सूचना अधिकारी माधव...

