विद्युत् प्राधिकरणद्वारा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि आवेदन आह्वान
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन फाराम खुलाएको छ। प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।प्राधिकरणका अनुसार अधिकृतस्तरअन्तर्गत सहनिर्देशकदेखि वातावरणविदसम्मका पदमा १३२ जना कर्मचारी भर्ना गरिनेछ। त्यसैगरी सहायकस्तरअन्तर्गत मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर तथा लेखापाल पदमा १३० जना...

