विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, भाग्यशाली ३ जनाको भागमा पर्यो थप २.५० कित्ता
काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । आज एक समारोहका बीच धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो । क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १९ लाख २३ हजार ४९० आवेदकबाट २ करोड २१ लाख ७६ हजार ८४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।