शुक्रबार साँझसम्म रहनेछ मोन्था चक्रवातको प्रभाव, मोरङको हरैँचामा सर्वाधिक वर्षा
काठमाण्डौ । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ । सो प्रणालीको कारणले नेपालको मौसम १४ गते शुक्रबार साँझसम्म प्रभावित हुने ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिन्छ । साथै, नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल देशभर साधारणतया देखि...

