वेष्टर्न युनियनले अमेरिकी कम्पनीलाई ५ सय मिलियन डलरमा अधिग्रहण गर्ने
काठमाण्डौ । विश्वकै अग्रणी मनि ट्रान्सफर कम्पनी वेष्टर्न युनियनले अमेरिकी कम्पनी इन्टरमेक्सलाई अधिग्रहण गर्ने भएको छ । वेष्टर्न युनियनले इन्टरमेक्सलाई ५ सय मिलियन डलर नगदमा अधिग्रहण गर्न लागेको हो ।