विश्व बैंकले घटायो २०२५ को आर्थिक वृद्धिदर अनुमान: व्यापार युद्धले थपियो संकट, नेपाललाई के प्रभाव पर्ला ?
काठमाण्डौ । विश्व बैंकले सन् २०२५ का लागि विश्व अर्थतन्त्रको वृद्धिदर घटाएर २.३ प्रतिशतमा सीमित गरेको छ। सन् २०२४ को २.६ प्रतिशत वृद्धिदरसँग तुलना गर्दा यो दर उल्लेखनीय रूपमा घटाइएको हो। यो पछिल्लो केही दशकयताको सबैभन्दा कमजोर वृद्धिदर हो।विश्व बैंकद्वारा मङ्गलबार सार्वजनिक गरिएको Global Economic Prospects प्रतिवेदनमा उल्लेख गरिएको छ कि विश्व व्यापारमा बढ्दो असहजता, अमेरिकाद्वारा...