सोमबार, श्रावण ४,२०८३ 10:50:07
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 10:50:07
Bizshala
Global IME Bank Limited

मल्टीपर्पस फाइनान्सको साधारण सभा सम्पन्न

मल्टीपर्पस फाइनान्सको साधारण सभा सम्पन्न
New Office

काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २७ औं साधारण सभा पुस २८ गते आईतबारका दिन कम्पनीका अध्यक्ष चन्दन अग्रवालको अध्यक्षतामा कम्पनीको केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा सम्पन्न भएको हो ।  

उक्त साधारण सभामा अध्यक्ष चन्दन अग्रवालद्वारा प्रस्तुत २७ औं वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वार्षिक वित्तीय विवरण आव २०८०/८१ को नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु र लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक सम्बन्धी प्रस्तावहरु सर्वसम्मतिबाट पारित भयो ।

साथै, वित्तीय संस्थाले निकट भविष्यमा आफनै भवनबाट कारोबार सञ्चालन गर्नको लागि बिधापती चौंकबाट करिब १०० मिटर उत्तर नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालय सँगै टासिएको डेढ कठ्ठाजग्गा खरीद गरी घर निर्माणको प्रकृया अगाडी बढाएको, सुचना प्रबिधिलाई समय सापेक्ष बनाउने र बैंकिंङ कारोबारलाई सहज गर्न अत्याधुनिक सफटवेयर जडान गरी कारोवार सञ्चालन गरिरहेको र वित्तीय संस्थाको कारोबार बिस्तारको लागि थप २ वटा शाखा

सर्लाही जिल्लाको कौंडेना गाउपालिका र गौंडैता नगरपालिकाम ागत महिनाबाट सञ्चालनमा ल्याईसकेको जानकारी गराईयो ।

उक्त सभामा वित्तीय संस्थाको सञ्चालक सदस्यहरु गेहनाथ ढुंगाना, जयप्रकाश ठाकुर, अशोक साह, गृष्मा श्रेष्ठ र श्री महेश कुमार सिंह तथा प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिब रजनीश कुमार सिंह लगायत सेयरधनीहरु, कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.