बुधबार, असार १७,२०८३ 08:44:48
Bizshala
  • बुधबार, असार १७,२०८३ 08:44:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मौद्रिक नीति तयारी अन्तिम चरणमा, शुक्रबार सार्वजनिक हुने सम्भावना

Laxmi Sunrise Bank Limited
मौद्रिक नीति तयारी अन्तिम चरणमा, शुक्रबार सार्वजनिक हुने सम्भावना

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ। शुक्रबार बिहान बोर्ड बैठक बसेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको स्रोतले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

बिहीबार दिनभर विभागीय छलफल र व्यवस्थापन समितिमा गहन मन्थन चलेपछि साँझ गभर्नर डा. विश्वनाथ पौडेलको अध्यक्षतामा सञ्चालक समिति बैठक बसेको थियो। सो बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा पारित गरेको छ।

गभर्नर पौडेलले मौद्रिक नीति बजेट कार्यान्वयन सँगसँगै साउन १ गतेदेखि लागू हुने गरी ल्याउन निर्देशन दिएका छन्। त्यसैअनुसार तयारी तीव्र पारिएको छ। यदि शुक्रबारको बैठकले कार्यदिशा पारित गर्‍यो भने, त्यही दिन नीति सार्वजनिक हुने सम्भावना छ।

गभर्नर पौडेलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरी नीति सम्बन्धी आवश्यक ब्रिफिङ गरिसकेका छन्। मौद्रिक नीतिमा विदेशी लगानी, नियो बैंक, एसेट म्यानेजमेन्ट कम्पनी लगायत संरचनागत सुधारका विषय समेटिने संकेत दिइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

स्रोतका अनुसार गभर्नरले नियमनभन्दा सुपरीवेक्षणमा जोड दिने उदार नीतिको सन्देश दिनेछन्। अब्बल बैंकलाई कम नियमन गर्ने, एकीकृत निर्देशन पुनर्लेखन गर्ने र बैंकहरूको आन्तरिक वर्गीकरणको तयारीसमेत गरिएको छ।

त्यसैगरी, रियलस्टेटको फर्स्ट बायरलाई सहज बनाउने, पुँजीबजारमा सकारात्मक संकेत दिने, कर्जाको सहज पहुँच विस्तार गर्ने, र सहुलियत कर्जाको दुरुपयोग रोक्ने प्रावधान मौद्रिक नीतिमा आउने सम्भावना छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.