बुधबार, असार १०,२०८३ 10:36:58
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:36:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा विद्यालयलाई सहयोग प्रदान

Laxmi Sunrise Bank Limited
माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा विद्यालयलाई सहयोग प्रदान

काठमाण्डौ । माछापुच्छ्रे बैंक पाल्पा शाखाले रिब्दिकोट गाउँपालिका वडा न ५ मा अबस्थित लक्ष्मि आधारभूत विद्यालयलाई आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साउण्ड स्पिकर र कार्पेट हस्तान्तरण गरेको छ।

विद्यार्थीहरुको दैनिक एसेम्ब्ली तथा अन्य विविध कार्यक्रम सञ्चालनको लागि सहजीकरण हुने र बाल कक्षा सञ्चालनको लागि कार्पेटले ठूलो भुमिका खेल्ने भन्दै बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो।  

New Office
CG Motors
Garima Development Bank

उक्त कार्यक्रमको अध्यक्षता सोही विद्यालयका प्रअ मिना कुमारी पचभैयाले गरेकी थिइन् र प्रमुख अतिथिको रुपमा बैंकका शाखा प्रबन्धक बिक्रान्त राणाले गरेका थिए । कार्यक्रममा बैंकका सञ्चालक प्रमुख शिबम पचभैया, कनिष्ठ सहायक सुमन पराजुली, बिरेन्द्र रावल, नारायण झेडी लगायत शिक्षक शिक्षिका, विधार्थीहरुको उपस्थिति थियो।  

सोही कार्यक्रमको सञ्चालन ऋषिराम भुसालले गरेका थिए । उक्त कार्यक्रममा शाखा प्रबन्धकले ग्रामीण क्षेत्रमा सञ्चालित विद्यालययहरुलाई सहयोग गर्न पाउदा खुसी ब्यक्त गरे र आगामी दिनहरुमा यस्ता कार्यक्रम पुन गर्ने प्रतिबद्धता जाहेर गरे भने सोही स्कुलका प्रअ मिना कुमारी पचभैयाले यस्तो किसिमको सहयोग बिधालयमा पहिलो पटक भएको भन्दै बैंकलाई धन्यवाद दिइन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.