शुक्रबार, बैशाख ४,२०८३ 12:14:43
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 12:14:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नर्भिक हस्पिटलले आईपीओ निश्कासनको प्रक्रिया सुरु गर्ने, एजीएमबाट ४०% बोनस सेयर पारित

Bizshala
नर्भिक हस्पिटलले आईपीओ निश्कासनको प्रक्रिया सुरु गर्ने, एजीएमबाट ४०% बोनस सेयर पारित
Shivam Cement

काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निस्कासन प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा बिहीबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साधारण सभाले चुक्तापूँजीको ४० प्रतिशत बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।  

साथै साधारणसभाले ५ सञ्चालकसमेत निर्विरोध निर्वाचित गरेको छ ।  

साविकका सञ्चालकहरु नै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतबाट घोषणा गरिएको थियो ।  

CG Motors
Garima Development Bank
IME remit

निर्वाचित हुने सञ्चालकहरुमा राजेन्द्रबहादुर सिंह, मेघा चौधरी, भुवनचन्द्र भट्ट, गजेन्द्रमान श्रेष्ठ र मनिषकुमार खेम्का रहेका छन्।  

यसैगरी, लेखा परीक्षकमा एसआर पाण्डे एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय पनि साधारणसभाले गरेको छ ।  

नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडमा परिवर्तन भएपछिको यो पाँचौं साधारणसभा हो ।

नर्भिकले सर्वसाधारणका लागि जारी गरिने २५ लाख कित्ता साधारण शेयर निस्कासन गर्न निस्कासन तथा बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.