बुधबार, असार १०,२०८३ 09:44:16
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:44:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माछापुच्छ्रे बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित

Laxmi Sunrise Bank Limited
माछापुच्छ्रे बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको २७ औँं वार्षिक साधारण सभा २०८२ साल असोज १० गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चूक्तापूँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्र्र्नेे प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्तापूँजीको ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

माछापुच्छ्रे बैंक चालु आर्थिक वर्षमा वार्षिक साधारण सभा सम्पन्न गर्ने र लाभांश वितरण गर्ने पहिलो बैंक बन्न सफल भएको छ । बैंकले उक्त नगद लाभांश दशै अगाडी नै सम्बन्धित सेयरधनीको खातामा पठाइसक्ने छ । बोनस सेयर वितरण पश्चात बैंकको कुल चुक्तापूँजी १२ अर्व ८ करोड पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा १अर्ब ८८ करोड रुपैंया खुद नाफा गरेर प्रतिसेयर आम्दानी १६ रुपैंया २१ पैसा कायम गरेको थियो ।

होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न उक्त साधारण सभामा संस्थापक एंव साधारण सेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.