आईतवार, श्रावण १७,२०८३ 09:59:53
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 09:59:53
Bizshala
Global IME Bank Limited

पाकिस्तान–कम्बोडियापछि यो देशले गर्न सक्छ ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस

पाकिस्तान–कम्बोडियापछि यो देशले गर्न सक्छ ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस
New Office

काठमाण्डौ । जापानका पहिलो महिला प्रधानमन्त्री सानेई ताकाइचीले नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम सिफारिस गर्ने योजनामा ​​रहेको धेरै जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

एनटिभीका अनुसार टाकाइचीले ट्रम्पलाई आफ्नो मनसाय बताउन तयारी गरिरहेका छन्। पाकिस्तान र कम्बोडियाले यस अवार्डका लागि ट्रम्पको नाम सिफारिस गरिसकेका छन् ।

तर, सन् २०२५ को नोबेल शान्ति पुरस्कार घोषणा भइसकेको छ । यो अवार्ड भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना मचाडोलाई प्रदान गरिएको छ ।

नोबेल शान्ति पुरस्कार राष्ट्रहरू बीच भाइचारा प्रवर्द्धन गर्न, सैन्य तैनाती घटाउन, वा शान्ति सम्मेलनहरू आयोजना र प्रवर्द्धन गर्न उत्कृष्ट काम गरेको व्यक्ति वा संस्थाहरूलाई प्रदान गरिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.