शनिबार, बैशाख ५,२०८३ 07:21:20
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 07:21:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रभू बैंकका सीईओ र डिसीईओसहित सीसीओ पनि पक्राउ परेका पुष्टि, सबैमाथि गैरकानूनी काम गरी बैंकलाई हानी पुर्याएको आरोप

Bizshala
प्रभू बैंकका सीईओ र डिसीईओसहित सीसीओ पनि पक्राउ परेका पुष्टि, सबैमाथि गैरकानूनी काम गरी बैंकलाई हानी पुर्याएको आरोप
Shivam Cement

काठमाण्डौ । बैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको  कसूरमा प्रभू बेंकका प्रमुख कार्यकारी अधिकृतसहित तीन उच्चपदस्थ कर्मचारलिाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले औपचारिक रुपमा पुष्टि गरेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सीआईबीले एक विज्ञप्ति जारी गर्दै प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत(सीसीओ) रिवास श्रेष्ठ पक्राउ परेका प्रष्ट पारेको हो ।  

ब्यूरोबाट प्रतिवादी कुसुम लामा समेत उपर अनुसन्धान भएको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा संकलन भएका विवरण तथा तथ्यहरुको विज्ञ टोली समेतले अध्ययन विश्लेषण गर्ने क्रममा प्रभु बैंकका  कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचन समेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी प्रभु बैंकलाई हानीनोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने र गराउने कसुरमा संलग्न रहेको आरोप लगाएको छ ।

CG Motors
Garima Development Bank
IME remit

शेरचन, पोखरेल र श्रेष्ठलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट पक्राउ अनुमति समेत लिई पक्राउ गरी अनुसन्धान जारी राखिएको प्रहरीले स्पष्ट पारेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.