सोमबार, बैशाख ७,२०८३ 07:55:13
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 07:55:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेशनल लाइफको ३८ औं साधारण सभा सम्पन्न, लाभांश पारित

Bizshala
नेशनल लाइफको ३८ औं साधारण सभा सम्पन्न, लाभांश पारित
Shivam Cement

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा पुस ३० गते कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभामा अध्यक्षले समिक्षा वर्ष २०८१/८२ मा विविध चुनौतिको वावजुद विश्व अर्थतन्त्र लचिलो स्थितिमा नै रहेको र कोभिड महामारी एवं भुराजनैतिक कारणले बढेको विश्व मुद्रास्थिति अहिले आएर घट्ने क्रममा रहेको कारणले विश्वका अधिकांश केन्द्रीय बैंकहरुले लचिलो मौद्रिक नीति अवलम्बन गरेको बताइन ।

सभामा सञ्चालक समितिद्वारा प्रस्तावित हाल कायम चुक्तापूँजीको ४ प्रतिशत नगद लाभांश र ८.५ प्रतिशत बोनस सेयर गरी कुल १२.५ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.६५७८९४७४ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने निर्णय गरेकाले बोनस सेयर बापतको कर प्रयोजनका लागि नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित भयो। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आव २०८१/८२ को वासलात नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८२र८३ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र आव २०८१/८२ मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पारित भयो ।

CG Motors
Garima Development Bank
IME remit

सभामा अध्यक्षले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास ब्यक्त गरिन् ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.