शुक्रबार, श्रावण १,२०८३ 11:15:50
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 11:15:50
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच रणनीतिक सहकार्य, बीमित र अभिकर्तालाई लाइफटाइम निःशुल्क क्रेडिट कार्ड

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच रणनीतिक सहकार्य, बीमित र अभिकर्तालाई लाइफटाइम निःशुल्क क्रेडिट कार्ड
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच रणनीतिक सहकार्यको सम्झौता भएको छ । सम्झौताअनुसार सूर्यज्योति लाइफका बीमित तथा बीमा अभिकर्ताहरूले एनआईसी एशिया बैंकबाट लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्नेछन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाबीच समझदारी पत्रमा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्ताक्षर गरेका हुन्।

यस सहकार्यबाट सूर्यज्योति लाइफका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क तिर्नु नपरी क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार यसले आकस्मिक वित्तीय आवश्यकताको व्यवस्थापन गर्न सहज बनाउनुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई समेत प्रोत्साहन गर्नेछ ।

ग्राहकलाई परिष्कृत र सुलभ बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ गरिएको यो सहकार्यले सूर्यज्योति लाइफमा आबद्ध बीमित तथा अभिकर्ताहरूलाई डिजिटल अर्थतन्त्रमा थप मजबुत रूपमा जोड्ने विश्वास बैंकले लिएको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.