बिहीबार, असार ११,२०८३ 10:57:58
Bizshala
  • बिहीबार, असार ११,२०८३ 10:57:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आयल निगमद्वारा काठमाण्डौ उपत्यकामा ग्यास आपूर्ति विवरण सार्वजनिक

Laxmi Sunrise Bank Limited
आयल निगमद्वारा काठमाण्डौ उपत्यकामा ग्यास आपूर्ति विवरण सार्वजनिक

काठमाण्डौ । नेपाल आयल निगमले काठमाण्डौ उपत्यकामा आज बिक्री वितरण हुने नेपाल ग्यासको विस्तृत विवरण सार्वजनिक गरेको छ। निगमका अनुसार उपत्यकाका विभिन्न ८४ स्थानबाट ६ हजार ८७० वटा ग्यास सिलिन्डर उपभोक्तासम्म पुग्नेछन्।

पछिल्लो समय बजारमा नेपाल ग्यासको उपलब्धताबारे उपभोक्ताबाट गुनासो आइरहेका बेला निगमले आपूर्ति व्यवस्थापनलाई पारदर्शी बनाउन बिक्री वितरणको विवरण सार्वजनिक गरेको जनाएको छ। निगमको भनाइमा बजारमा देखिएको समस्या अभावभन्दा पनि वितरण व्यवस्थापनसँग सम्बन्धित रहेको छ।

New Office
CG Motors
Garima Development Bank

निगमले हाल ग्यासको आयात परिमाण बढाइएको र माग अनुसार आपूर्ति सुनिश्चित गरिएको दाबी गरेको छ। साथै, आगामी दिनमा उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने गरी आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाइने निगमले जनाएको छ।

निगमका अधिकारीहरूका अनुसार नियमित अनुगमन र समन्वयमार्फत ग्यास अभावको अवस्था अब नआउने विश्वास लिइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.