मंगलवार, बैशाख १,२०८३ 08:25:39
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 08:25:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पोखरा एनसेल सेन्टर पुनःसञ्चालनमा

Bizshala
पोखरा एनसेल सेन्टर पुनःसञ्चालनमा
Shivam Cement

काठमाण्डौ । एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः संचालनमा ल्याएको छ । सिर्जना चोक, पोखरामा रहेको सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोड पश्चात क्षतिपुगेपछि बन्द रहेको थियो।

बिहीबार एक कार्यक्रममाझ मर्मतसंभार पश्चात पुनःसञ्चालनमा ल्याईएको सेन्टरको उद्घाटन गरिएको छ। एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यम प्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन गरेका हुन। सेन्टरमा क्षति पुगेर बन्द भएपछि कम्पनीले अस्थायी रुपमा ग्राहक सेवाहरु एक तल्लामाथि रहेको कार्यलयबाट प्रदान गर्दै आएको थियो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

‘पोखरा सेन्टर बन्द हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं। ग्राहकहरुलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्दै निरन्तर सेवा प्रदान गर्नका लागि पोखरामा एनसेल सेन्टर पुनःसञ्चालनमा ल्याउन पाएकोमा खुसी छौं,’ दाहालले भनिन्। 

कम्पनीले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ सेन्टर पुनःसञ्चालनमा ल्याएको हो।

CG Motors
Garima Development Bank
IME remit

यो सेन्टरबाट ग्राहकहरूले सबै ग्राहक सेवा प्राप्त गर्न सक्छन् । ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्छन् ।

यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन्।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.