काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शिखर इन्स्योरेन्स र कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
शिखर इन्स्योरेन्सको ६ प्रतिशत दरको कुल १७ लाख ८४ हजनार ६८८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । योसँगै कम्पनीको सूचीकृत सेयर संख्या ३ करोड १० लाख १५ हजार ६७८ कित्ता पुगेको छ ।
त्यस्तै, कालिका लघुवित्तको १० प्रतिशत दरको कुल ४ लाख ७ हजार ६९२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । योसँगै संस्थाको सूचीकृत सेयर संख्या ४४ लाख ८४ हजार ६१६ कित्ता पुगेको छ ।

