मंगलवार, बैशाख ८,२०८३ 06:21:02
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 06:21:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

व्यवसायी भन्छन्, ‘गार्मेन्ट उद्योगमा कच्चा पदार्थ र दक्ष जनशक्तिको अभाव’

Bizshala
व्यवसायी भन्छन्, ‘गार्मेन्ट उद्योगमा कच्चा पदार्थ र दक्ष जनशक्तिको अभाव’
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र साउथ एसियन वाच एण्ड ट्रेड ईकोनोमीक्स एण्ड ईनभाईरोमेन्ट (सावती) को सहकार्यमा नेपालको एलडीसि(अति कम विकसित देश) स्तरोन्नती र गार्मेन्ट तथा टेक्स्टाइल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न भएको हो ।  

कार्यक्रममा राउतले गार्मेन्ट तथा टेक्सटाइल क्षेत्रले विगतमा रोजगारी सिर्जनाको लागि उल्लेख्य योगदान गरेको बताउदै कोटा प्रणालीको सगै यो धरायशी बन्दै गएको बताए । कोशी प्रदेशमा टेक्सटायल क्षेत्रमा धैरै उद्योगहरु संचालनमा रहेको र रोजगारी सृजना गर्नमा उल्लेख्य योगदान गरेको बताए ।  

कार्यक्रमको उदेश्य माथि सावतीको सिनियर फेलो निलु थापाले कार्यक्रमको उदेश्य माथि प्रकाश पारे ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सावतीका कार्यकारी निर्देशक पारष खरेलले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विकासन्मोख राष्ट्रमा स्तरोन्तीले चूनौती सिर्जना गर्ने बताउदै यसबाट सबै भन्दा प्रभावित गार्मेन्ट तथा टेक्सटायल क्षेत्र रहने बताए । नेपालमा उत्पादन भएका टेक्सटायल निर्यात गर्दा लागत बढी भएको बताए तर काठमाण्डौ भन्दा भौगोलिक अवस्थितिले कोशी प्रदेश लाई सहज हुने उनको ठहर थियो ।  

उनले यस क्षेत्रमा दक्ष कामदारको कमी, लजिस्टिक तथा बित्तीय पहुच र उद्योग संचालनको लागि जग्गा जमीनको पहुँचमा कमी रहेको तथा नेपाली टेक्सटायलहरु हाम्रो कलाकारीताले गर्दा पनि विदेशिले किन्ने गरेका उल्लेख गरे ।  

यस्तै यस क्षेत्रमा विशेष गरेर ६० प्रतिशत महिला संलग्न रहेको उल्लेख गर्दै उनले यो क्षेत्र अनौपचारिक रुपमा चलेको र कामदारहरुको फरमल कन्ट्रयाङ्क्ट नरहेको बताए । ‘यस क्षेत्रमा क्रस बोर्डर ई–कमर्श बाट निर्यातको संभावना छ । ब्यवसायिहरुलाई निर्यातमा अनुदान ग्राजुएशन भएबाट प्राप्त हुदैन । यदि भारत सगको पश्चिम पोर्टमा हाम्रो पहुँच भयो भने हाम्रो निर्यातमा अलि सहज हुन्थ्यो,’ उनले भने ।    

कार्यक्रममा अध्यक्ष राउतले गार्मेन्ट उद्योगको दिगोपनका अध्ययनले औल्याएका विषयहरुबारे जानकारी मागे ।  

अध्ययन प्रतिवेदन माथि टिप्पणी गर्दै प्रगती टेक्सटायलका प्रदिप निरौलाले अध्ययन कहिले कहाँ सम्पन्न भएको भनि प्रति प्रश्न गर्दै निर्यातमा मात्रै हामीले ध्यान दिने हो कि देशमै खपत बढाउने बताउदै नेपालमा बनेको र भन्सारबाट आएका कपडा लाउने ४० प्रतिशत मात्र छ बाँकी सबै अबैध बाटोबाट आएको नियमन हुनु पर्ने बताए ।  

CG Motors
Garima Development Bank
IME remit

गार्मेन्ट संचालक शिव रिजालले नेपाल हाम्रो उद्योग सग सम्बन्धीत विषय पहिलो चोटी ल्याउनु भएकोमा धन्यवाद दिदै यो क्षेत्रमा दक्ष जनशक्ति सम्बन्धमा पाउन नसकिएको बताए । कोशी प्रदेशका टेक्सटायलहरु वायरहरुको पहुँचमा जान नसकिरहेको उनले बताए ।  

रियान्यस स्पिनिङ्ग मिल्सका रमेश सिग्देलले भने, ‘हामीले ० प्रतिशतमा टर्की निर्यात गरिरहेका छौ । हामीले जिआरयस सर्टिफिकेट लिएका छौ । स्वदेशी कच्चा पदार्थबाट हामीले उत्पादन गर्न खोजिरहेका छौ तर लार्ज स्केलमा सकिरहेका छैनौ । अल्लो हामीमा अमेरिकाबाट माग आएको छ । कटन र रेशम यहि पाउने हो भने यहि धेरै काम गर्न सकिन्छ ।’

रघुपति जुट मिल प्रालिका प्रतिनिधिले कच्चा पदार्थ अभावबाट ठूलो समस्या भोगिरहेको बताए ।  

देवराज दाहाल गार्मेन्ट संचालक यहाँ समस्या लिएर आउने होईन समाधान दिन सक्नु पर्नेमा जोड दिए ।  

महेश खत्री विराट ब्यापार संघ निवर्तमान अध्यक्षले उद्योग लगाउन प्रकृयागत कुराहरु झन्झटीलो रहेको बताउँदै नेपालमा काम गर्ने मान्छे पाउन नसकिएको बताए ।  

भन्सार एजेन्ट संघका प्रतिनिधिले सरकारले अवस्था हेरेर फ्रि ट्रेड सम्झौता गर्नु पर्ने बताए ।  

ईस्तियात मोहम्बद नेपाल अपिरल्सका प्रतिनिधिले नेपालको उत्पादनमा चाईनाको उत्पादनले धरायशी पार्दै गईरहेको बताए ।  

कार्यक्रम उठेका विषयमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष तथा सावतीका प्रतिनिधीहरु सम्बोधन गरेका थिए । कार्यक्रममा रेमी परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ वीचको सहकार्यमा संचालित बैदेशीक रोजगारबाट फर्किएर आएका ब्यत्तीहरुलाई रोजगारी उपलब्ध गराउने  परियोजनाबारे टेक्सटाय उद्योग प्रतिष्ठानका संचालकहरु सग अन्तरक्रिया संचालन गरिएको थियो । कार्यक्रममा कोशी प्रदेशका करीव ४० जना गार्मेन्ट तथा टेक्सटायल उद्योगका संचालकहरुको उपस्थिति रहेको थियो ।

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.