काठमाण्डौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ६५ वटा दुईपांग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरेको खोज तथा बरामद अभियानमार्फत ती मोटरसाइकल र स्कुटरहरू नियन्त्रणमा लिई औपचारिक कार्यक्रममा सवारीधनीलाई फिर्ता गरेको जनाएको छ।
सवारी सुरक्षित रूपमा प्राप्त भएपछि धनीहरूले ट्राफिक प्रहरीको सक्रियता र प्रयासप्रति सन्तुष्टि व्यक्त गरेका छन्।

