मंगलवार, असार १६,२०८३ 03:26:37
Bizshala
  • मंगलवार, असार १६,२०८३ 03:26:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्थानीय तह समस्या समाधानबारे सामान्य प्रशासन मन्त्री र मधेश मुख्यमन्त्रीबीच छलफल

Laxmi Sunrise Bank Limited
स्थानीय तह समस्या समाधानबारे सामान्य प्रशासन मन्त्री र मधेश मुख्यमन्त्रीबीच छलफल

काठमाण्डौ । स्थानीय तहमा देखिएका समस्या समाधान र संघ–प्रदेश–स्थानीय तहबीच समन्वय सुदृढ गर्ने विषयमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतीभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच छलफल भएको छ।

छलफलमा स्थानीय तहमा कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा प्रक्रिया तथा विभिन्न प्रशासनिक चुनौतीबारे विस्तृत रूपमा विचार–विमर्श गरिएको हो।

New Office
CG Motors
Garima Development Bank

मुख्यमन्त्री यादवले स्थानीय तहमा देखिएका समस्याप्रति प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन ।  

मन्त्री रावलले बजेट तर्जुमा प्रक्रियालाई व्यवस्थित बनाउन मन्त्रालयले तीन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरी स्थलगत सहजीकरण र समन्वय भइरहेको जानकारी दिइन ।  

उक्त टोलीले स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरी समस्या र आवश्यकताबारे विवरण संकलन गरिरहेको पनि उनले बताइन । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै स्थानीय सरकारलाई थप व्यवस्थित र सेवामुखी बनाउन मन्त्रालयले निरन्तर पहल गरिरहेको पनि जानकारी दिइा ।  

छलफलमा मन्त्रालयका उच्च अधिकारीहरू, सचिव–सहसचिव तथा प्रतिनिधि सभा सदस्य रहोवर अन्सारीलगायतको उपस्थिति रहेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.