काठमाण्डौ । वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त समन्वयमा आज काठमाडौंको सिनामंगल क्षेत्रमा सञ्चालन गरिएको सवारी साधनको प्रदूषण मापदण्ड परीक्षणका क्रममा ३९ वटा सवारी साधनको जाँच गरिएको छ।
परीक्षणका क्रममा ९ वटा सवारी साधन (करिब २३ प्रतिशत) ले तोकिएको प्रदूषण मापदण्ड पूरा नगरेको पाइएको वातावरण विभागले जनाएको छ। मापदण्डविपरीत प्रदूषण उत्सर्जन गर्ने ती सवारी साधनलाई प्रचलित कानूनबमोजिम आवश्यक कारबाही गरिएको छ।
वातावरणीय प्रदूषण नियन्त्रण, स्वच्छ हावा प्रवर्द्धन तथा सवारी साधनबाट हुने अत्यधिक धुवाँ उत्सर्जन न्यूनीकरण गर्ने उद्देश्यले यस्ता अनुगमन तथा परीक्षणलाई नियमित रूपमा सञ्चालन गरिने सम्बन्धित निकायले जनाएको छ। साथै, सवारीधनीलाई समयमै सवारी साधनको मर्मत–सम्भार गरी प्रदूषण मापदण्ड पालना गर्न आग्रह गरिएको छ।

