काठमाण्डौ । प्रतिनिधिसभा सञ्चालन नियमावलीविरुद्ध नेपाली कांग्रेसको संसदीय दलले दायर गरेको रिटमा सर्वोच्च अदालतले आगामी ३१ असारका लागि पेसी तोकेको छ।
सत्ता पक्षले संविधानसँग बाझिने गरी नियमावली पारित गरेको दाबी गर्दै कांग्रेसका प्रतिनिधिसभा र राष्ट्रियसभा संसदीय दलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
गत १७ जेठमा प्रतिनिधिसभाबाट बहुमतका आधारमा पारित गरिएको नियमावली संविधानविपरीत रहेको कांग्रेसको जिकिर छ। कांग्रेसले उक्त नियमावलीलाई ‘संवैधानिक छलकपट’को संज्ञा दिँदै बदर गर्न माग गरेको छ।
रिटमा संविधानको भावना र व्यवस्थाविपरीत प्रतिनिधिसभा सञ्चालनसम्बन्धी प्रावधान राखिएको उल्लेख गर्दै नियमावली खारेजीको आदेश माग गरिएको छ।

