शुक्रबार, असार २६,२०८३ 06:59:52
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 06:59:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

घट्दो बजारमा लगानीकर्ताको ‘सेफ जोन’ खोजी, फिक्स रिटर्नका लागि डिबेञ्चरतर्फ आकर्षण

Laxmi Sunrise Bank Limited
घट्दो बजारमा लगानीकर्ताको ‘सेफ जोन’ खोजी, फिक्स रिटर्नका लागि डिबेञ्चरतर्फ आकर्षण

काठमाण्डौ । घट्दो सेयरबजारमा लगानीकर्ताहरु फिक्स रिटर्नका लागि डिबेञ्चरतर्फ डाइभर्ट हुन थालेका छन् । नेप्सेको फ्लोरसिटअनुसार पछिल्लो केही दिनयता डिबेञ्चरहरुको कारोबार उच्च देखिएको छ ।  

पछिल्लो समय सेयरबजार क्रमशः घट्न थालेपछि सूचीकृत कम्पनीहरुको सेयरभाउ लगातार घटेको छ । लगानीकर्ताहरुले पछिल्लो ३ महिनायता करिब ५ खर्ब रुपैयाँ सम्पत्ति गुमाईसकेका छन् ।  

बजारबाट रिटर्न पाउन नसकेपछि लगानीकर्ताहरु फिक्स रिटर्नका लागि डिबेञ्चरमा सिफ्न हुन थालेका छन् । बजार जानकार सरोज भट्टराईले केही प्रतिशत भएपनि रिटर्न पाइने फिक्स हुँदा लगानीकर्ताहरु ऋणपत्रको इकाई खरिद गर्न थालेको बताए ।  

‘पछिल्लो समय सरकारको धरपकडका कारण बजारमा ठूला व्यवसायी र लगानीकर्ताहरु सक्रिय छैनन, लगानीकर्ताको मनोबल खस्किदै गइरहेको छ, यस्तो अवस्थामा बजार माथि जान सकिरहेको छैन’ उनले भने, ‘त्यसैमाथि मौद्रिक नीति पनि अपेक्षा गरेअनुसार नआउँदा बजार झनै घट्ने देखिएको छ, यसकारण लगानीकर्ताहरु अहिले डिबेञ्चरको फिक्स रिटर्नमा डाइभर्ट भएका हुन् ।’

New Office
CG Motors
Garima Development Bank

मौद्रिक नीतिपछि धेरै लगानीकर्ताहरुले सेयरबजारमा सुधार आउने अपेक्षा गरेका थिए । मौद्रिक नीतिमा बजारले अपेक्षा गरेका केही व्यवस्थाहरु नआएकाले लगानीकर्तामा नयाँ उत्साह सिर्जना हुन सकेको छैन । सेयरबजार केवल नीतिले मात्रै नभई लगानीकर्ताको विश्वासले प्रभावित पार्ने भएकाले पछिल्लो सेयरबजारमा यसको प्रभाव देखिएको छ ।  

लगानीकर्ताहरुले मौद्रिक नीतिमार्फत विशेषगरी संस्थागत लगानीकर्तालाई लगानीमा सहज र लघुवित्त संस्थाहरुको लाभांश सीमा खारेज विषयको सुझाव पेश गरेका थिए । मौद्रिक नीतिमार्फत आर्थिक वृद्धिदर उकास्ने र बैंक वित्तीय संस्थाको कर्जा विस्तार सुधार गर्दै व्यवसाय उकास्ने नीति आएपनि पूँजीबजार विशेष भने केही नीति आएन ।  

मौद्रिक नीति अपेक्षा गरेअनुसार नआएकै कारण बजार थप घट्न पुगेको लगानीकर्ताहरुको भनाई छ । असार मसान्तको दबाबले सेयरबजारमा बिक्री दबाब देखिन थालेको सेयर विश्लेषकहरु बताउँछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज सर्वाधिक कारोबार भएका टप डिबेञ्चर  

नेप्सेको फ्लोरसिटअनुसार आज सर्वाधिक कारोबार हुने स्क्रिप्टहरुको टप ९ सूचीमा डिबेञ्चर छन् ।  

सर्वाधिक ८.५% नेपाल बैंक डिबेञ्चर २०८७ को कारोबार भएको छ । यो डिबेञ्चरको कुल ८९ करोड ९१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  

त्यस्तै, ८.५% आरबीबीएल डिबेञ्चर २०८३ को ६९ करोड ८५ लाख, ८.५% सानिमा डिबेञ्चर २०८७ को २८ करोड ५९ लाख, १०.७५% एसबीएल डिबेञ्चर २०८९ को २२ करोड ७ लाख, १०.३०% स्ट्याण्डर्ड चार्टर्ड बैंकको २० करोड ७१ लाख र ११% केबीएल डिबेञ्चरको १८ करोड ४१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

यसका साथै एनएमबी डिबेञ्चर १०.७५% को १८ करोड ३३ लाख, बीओके डिबेञ्चर २०८६ ‘क’ को १६ करोड ६८ लाख र ग्लोबल आइएमई बैंक डिबेञ्चरको १४ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.