ट्याक्स रिफर्मदेखि फर्मलाइजेसनसम्म : अर्थमन्त्रीको रोडम्याप
-डा. स्वर्णिम वाग्ले बजेटबारे आम मानिसमा एक किसिमको हाउगुजी देखिन्छ। मिडियाले पनि त्यसैअनुसार प्रस्तुत गर्दा त्यो हाउगुजी झन् बढिरहेको छ। बजेट प्रक्रियालाई अलिकति ‘डिमिस्टिफाइ’ गर्नुपर्छ भन्ने मेरो धारणा छ। अर्थ मन्त्रालयका सहकर्मी र विज्ञहरूसँग पनि हामी यसलाई सरल रूपमा बुझाउने बहस गरिरहेका छौँ– बजेट वास्तवमा के हो? सरल भाषामा, नेपाल सरकारको एक वर्षको खर्च कहाँ–कहाँ...

