शुक्रबार, असार २६,२०८३ 04:00:47
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 04:00:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सरकारविरुद्ध आन्दोलनमा आउन मुगुका सांसदको आह्वान

Laxmi Sunrise Bank Limited
सरकारविरुद्ध आन्दोलनमा आउन मुगुका सांसदको आह्वान

काठमाण्डौ । नेपाली कांग्रेसका सांसद खडकबहादुर शाहीले सरकारको कार्यशैलीका कारण गरिब तथा निमुखा नागरिकहरू चरम पीडामा परेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले जनताका समस्या समाधान गर्न नसकेको भन्दै आलोचना गरे।

यस्तै मुगुका सांसद शाहीले सरकारले जनतामाथि हैकमवादी व्यवहार गरेको आरोप लगाउँदै उनले मुगुवासीसहित सम्पूर्ण नेपालीलाई सरकारविरुद्ध आवाज उठाउन आह्वान गरे।

‘सरकारले गरिब जनतालाई रुवाएको छ। यसका विरुद्धमा मुगुका जनता तथा दया–माया र मानवीय संवेदना भएका सबै नेपालीलाई आन्दोलनमा सहभागी हुन आह्वान गर्दछु’ उनले भने।

New Office
CG Motors
Garima Development Bank

शाहीले गणेश नेपालीको मृत्यु भइसकेको दाबी गर्दै सरकारले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाए। उनका अनुसार नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको र चिकित्सकहरूले बच्ने सम्भावना न्यून रहेको बताएका थिए।

उनले भने, ‘हिजो बेलुका म त्यहाँ गएको थिएँ। त्यसपछि आकस्मिक समयमा यहाँ आएर बोलेको थिएँ। चिकित्सकका अनुसार उहाँको बाँच्ने सम्भावना करिब ५ प्रतिशत मात्रै रहेको बताइएको थियो।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

शाहीले गृहमन्त्रीलगायत सरकारी अधिकारीहरूले रातभरि वीर अस्पताल र विमानस्थलमा गरेको गतिविधिलाई ‘स्टन्टबाजी’को संज्ञा दिँदै मृत्यु भएको विषय सार्वजनिक गर्न ढिलाइ गरिएको आरोप लगाए।

‘गणेश नेपाली राति नै बितिसक्नुभएको रहेछ, तर बिहानसम्म त्यसको घोषणा गरिएन। मान्छेको मृत्यु भइसकेको अवस्थामा पनि उपचार भइरहेको भन्दै पत्रकार सम्मेलन गरिएको छ,’ उनले आरोप लगाए।

सांसद शाहीले स्वास्थ्य मन्त्री, अस्पतालका डिन तथा चिकित्सकहरूसँग मृत्यु घोषणा गर्न ढिलाइ भएको विषयमा प्रश्न उठाएको बताए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.