शनिबार, बैशाख ५,२०८३ 07:24:40
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 07:24:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रभु बैंकका ग्राहक तथा सेयरहोल्डरले न्यूरो कार्डियो हस्पिटलमा १० र कर्मचारीले १५% छुट पाउने

Bizshala
प्रभु बैंकका ग्राहक तथा सेयरहोल्डरले न्यूरो कार्डियो हस्पिटलमा १० र कर्मचारीले १५% छुट पाउने
Shivam Cement

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–८,मोरङ्गस्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक सिटिस्क्यान,न्यूरो सर्जरी,न्यूरो आईसियू,अर्थोप्याडिक सर्जरी,एमआरआई,प्रसुति तथा स्त्री रोग,क्याथ प्रयोगशाला,ल्याप्रोस्कोपिक सर्जरी,न्यूरो नेभिगेसन स्टेल्थलगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।

एक समारोहका बीच न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिका सञ्चालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक गोल्छाचोक,शाखा प्रमुख प्रशान्त कुमार झाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

छुट सुविधाप्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा क्यूआर प्रणालीद्घारा न्यूरो कारडियो एण्ड मल्टि स्पेसियालिटी हस्पिटल प्रालिलाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक न्यूरो कारडियो एण्ड मल्टि स्पेसियालिटी हस्पिटल प्रालिले निरन्तर स्तरिय न्यूरो कारडियो सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र आकस्मिक उपचारदेखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउदै आईरहेको छ ।

 स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरुमार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा प्रभु बैंक लिमिटेडका ग्राहक तथा सेयरहोल्डरलाई १० प्रतिशत र प्रभु बैंकका कर्मचारीहरुलाई १५ प्रतिशतसम्मको  छुट व्यवस्था रहेको छ ।

प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर माफर्त बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.