सोमबार, माघ १२,२०८२ 01:45:26
Bizshala
  • सोमबार, माघ १२,२०८२ 01:45:26
Bizshala
Global IME Bank Limited
Bizshala

पूँजीकोष टाइट भएका बैंकले पर्पेच्यूअल नन्-क्युमुलेटिभ प्रिफरेन्स सेयर जारी गर्नसक्ने

सञ्चित मुनाफा वा अरु कोषबाट लाभांश बाँड्न नपाइने, बोनसदर विवरणपत्रमै खुलाउनुपर्ने

पूँजीकोष टाइट भएका बैंकले पर्पेच्यूअल नन्-क्युमुलेटिभ प्रिफरेन्स सेयर जारी गर्नसक्ने
Shivam Cement

काठमाण्डौ । पूँजीकोषको सकसमा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई केही सहज हुने गरी राष्टबैंकले एकीकृत निर्देशन २०८० संसोधन गर्दै सर्कुलर जारी गरेको छ ।  

पूँजीकोष पर्याप्त नभई व्यवसायको थप विस्तारमा सकस भोगिरहेका बैंक तथा वित्तीय संस्थाहरुले अविमोच्य असञ्चिती अग्राधिकार सेयर(पर्पेच्यूअल नन् क्युमुलेटिभ प्रिफरेन्स सेयर) जारी गर्न सक्ने व्यवस्था गर्दै यही विषयमा सर्कुलर गरेको हो । 

Bizshala
Garima Development Bank
New Office

केन्द्रीय बैंकले इ.प्रा. निर्देशन नं. १६/०८० को बुँदा नं ५ को उपबुँदा (१) मा संशोधन गर्दै ‘अन्तिम लेखापरीक्षण भएको पछिल्लो वित्तीय विवरणको आधारमा कायम रहेको प्राथमिक पुँजीको पाँच प्रतिशतभन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका इजाजतपत्रप्राप्त संस्थालेबढीमा आफ्नो प्राथमिक पुँजीको शत प्रतिशतसम्मको डिबेञ्चर÷अन्य ऋण उपकरण जारी गर्ने स्वीकृतिका लागि राष्ट्रबैंकमा निवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तो निवेदनका सम्बन्धमा यस बैंकले आवश्यक शर्त तोकी डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्न स्वीकृति दिन सक्ने व्यवस्था गरिएको छ ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लाभांश वितरण गर्ने वा नगर्ने सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार सम्बन्धित इजाजतपत्रप्राप्त संस्थामा निहित हुने र यससम्बन्धी व्यवस्था इजाजतपत्रप्राप्त संस्थाले विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ । साथै, यस्तो सेयरमा प्रदान गर्ने लाभांश दर समेत विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँड हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्नेछ । यसका लागि सञ्चित मुनाफा खाता एवम् कुनै पनि कोष खर्च गर्न नपाइने व्यवस्था समेत गरिएको छ। 

पर्पेच्यूअल नन् क्युमुलेटिभ प्रिफरेन्स सेयर जारी गर्नसक्ने शर्तहरु तथा यस्तो सेयरमार्फत नोक्सानी प्रशोचन लगायतका विषयमा यस्तो व्यवस्था गरिएको छः

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.