Bizshala
  • शुक्रबार, पुष १८,२०८२ 11:18:03
Bizshala
Global IME Bank Limited

प्रभु बैंकले सञ्चालनमा ल्यायो भिजा बिजनेश डेबिट कार्ड सेवा, यस्ता छन् लाभ

Hyundai Nepal
प्रभु बैंकले सञ्चालनमा ल्यायो भिजा बिजनेश डेबिट कार्ड सेवा, यस्ता छन् लाभ
Shivam Cement

काठमाण्डौ । प्रभु बैंकले भिजा ईन्टरनेशनलसँगको सहकार्यमा पूर्ण नविनतम् सुविधा सहितको प्रभु बिजनेश डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले एक समारोहका बीच आजदेखि यो सेवा सञ्चालनमा ल्याएको हो । प्रभु बैंकले आज देखि सञ्चालनमा ल्याएको यो प्रभु बिजनेश डेबिट कार्ड सेवा अन्र्तराष्ट्रियरुपमै व्यबसायिक कारोवारको सरल र सुरक्षित् विद्युतीय भुक्तानीको माध्यम मानिने बैंकले जनाएको छ ।  

यो प्रभु बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने÷गरिरहेका खाताधनी (कर्पोरेट ग्राहकहरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी गरीएको हो ।  

यो बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ । व्यापारिक घरानाहरू,फर्महरू, कम्पनीहरू, कर्पाेरेट र व्यापारिक घरानाहरू, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, बिक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् । यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार भएको र यस कार्ड मार्फत गरिएको भुक्तानी सुरक्षित हुने बैंकले दाबी गरेको छ ।  

बिजनेस डेबिट कार्डको मदतले निम्न लिखित भुक्तानी आवश्यकताहरूलाई केन्द्रीकृत गरेर तत्काल लाभ उठाउन सकिन बैंकले उल्लेख गरेको छ ।  

१. यात्रा र मनोरञ्जन आवश्यकताहरू

बिजनेस डेबिट कार्डको मद्दतले, बिजनेस हाउसहरूले यात्रा र मनोरञ्जन हेडसँग सम्बन्धित आफ्नो खर्चलाई डिजिटलाइज गर्न सकिन्छ । यस सम्बन्धमा, बिजनेस डेबिट कार्डको मदतले, टिकटहरू (हवाई र बस) तुरुन्तै अनलाइन वा पीओएस टर्मिनलहरू मार्फत ट्राभल एजेन्टहरु सँग खरीद गर्न सकिन्छ । यसरी व्याबसायिक प्रयोजनमा आफ्ना कर्मचारीहरूलाई कुनै पनि अग्रिम सुविधा प्रदान गर्नु पर्दैन र पछि हिसाब मिलान गर्न र अपरेशन झंझट कम गर्दै अग्रिम भुक्तानहरू व्यवस्थितगर्न साथै होटल खर्च पनि छुट्याउन सकिन्छ ।  

२. कार्यालय खर्च र खरीद आवश्यकताहरू

बिजनेस डेबिट कार्डको मदतले, व्यापारिक घरानाहरूले आफ्नो कार्डमार्फत सिधै आफ्नो आपूर्ति र खरीदको लागि भुक्तानी गर्न सक्दछन् । उनीहरूले बिक्रेताहरूसँग राम्रो छुटको लागि सीधै कुराकानी गर्न सक्दछन् किनकि बिक्रेताले उनीहरूको बैंक खातामार्फत तुरुन्तै सुरक्षित् रुपमा भुक्तानी प्राप्त गर्दछन् ।

CG Motors
Bizshala
Garima Development Bank

३. प्रशिक्षण आवश्यकताहरू

भुक्तानी प्रविधिमा तीव्र परिवर्तन र विश्वव्यापी रूपमा सहजताका साथ यसलाई अपनाउँदै, बिजनेस डेबिट कार्डहरूले संगठनहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणको लागि भुक्तानी गरेर उनीहरूको प्रशिक्षण आवश्यकताहरू पूरा गर्न मदत गर्न सक्छ । ई–कमर्स र पीओएस टर्मिनलहरू मार्फत भुक्तानी को स्वीकृतिसँग, व्यापारिक घरानाहरूले पारदर्र्शी र सजिलैसंग प्रशिक्षणको लागि भुक्तानी व्यवस्थित गर्न र भुक्तानी गर्न सक्दछन् ।  

४. व्यवसाय डेबिट कार्डको साथ लाभ र मुल्य अभिवृद्धि

ई–कमर्स, कन्ट्याक्टलेस पेमेन्ट र ओम्नी–च्यानल खरिदको वृद्धिसँगै व्यापारिक घरानाहरूले आफ्नो व्यवसाय सञ्चालन का लागि डिजिटल पेमेन्ट सोलुसनहरू अपनाइरहेका छन् । बिजनेस डेबिट कार्डले व्यापारिक घरानाहरूका लागि सुरक्षित, भरपर्दो र प्रभावकारी तरिकाले डिजिटल भुक्तानीको सुविधा प्रदान गर्दछ ।  

प्रभु बैंकद्धारा सञ्चालनमा आएको यो बिजनेस डेबिट कार्डको मदतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रबद्र्धनमा सहजता तथा पारदर्शीता समेत कायम रहने बैंकले विश्वास लिएको छ ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.