बुधबार, असार १७,२०८३ 11:59:15
Bizshala
  • बुधबार, असार १७,२०८३ 11:59:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने बाटाे खुलेको छ: महासचिव देउजा

Laxmi Sunrise Bank Limited
मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने बाटाे खुलेको छ: महासचिव देउजा

काठमाण्डौ। नेपाल निर्माण उद्योग परिषद्का महासचिव रामशरण देउजाले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने बाटाे खुलेको बताएका छन्।

शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिका बारेमा परिषद्को धारणा सार्वजनिक गर्दै परिषद्का महासचिव देउजाले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने बाटाे खुलेको बताएका हुन्।

उनले मौद्रिक नीतिले अर्थतन्त्रका समस्याहरुलाई सम्बोधन गरेको र यो विषय सकारात्मक हुनेमा आफूहरु विश्वस्त रहेको बताए। संकटको भुमरिमा परेको परिस्थितिलाई बुझेर मौद्रिक नीति आएको उनको भनाई छ।  

New Office
CG Motors
Garima Development Bank

उनले भने,‘मौद्रिक नीति राम्रो आयो। यसले समग्र निजी क्षेत्रलाई अब अघि बढाउने छ। यो मौद्रिक नीतिले छिट्टै सुरु हुने वातावरण मिलाएको छ। हामी एकदमै खुसी छौ । एउटा बिरामीलाई अस्पतालमा जसरी भेन्टिलेटर उपलब्ध हुन्छ । तब बिरामीले आफ्नो रोग रिकभर गर्दै जान्छ, त्यो अवसर मौद्रिक नीतिले दिएको छ।’  

उनले विदेशी ऋणहरु क्रमिक रुपमा घट्दै गएको अवस्थामा आन्तरिक श्रोतलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा राष्ट्र बैंक गम्भीर रहेको पाएको बताए।  

बजारमा पैसा पुर्‍याउने सरकारको पहिलो माध्यम निर्माण क्षेत्र रहेको भन्दै उनले पैसा बजारमा जान बन्द भएको अवस्थामा अहिलेको अवस्थालाई बुझेर समस्या समाधान गर्ने गरी मौद्रिक नीति आएको दाबी गरे।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.