बुधबार, असार १७,२०८३ 11:01:19
Bizshala
  • बुधबार, असार १७,२०८३ 11:01:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इरानले अमेरिकी दूतहरूसँग भेट गर्न अस्विकार गरेसँगै कच्चा तेलको मूल्य बढ्यो

Laxmi Sunrise Bank Limited
इरानले अमेरिकी दूतहरूसँग भेट गर्न अस्विकार गरेसँगै कच्चा तेलको मूल्य बढ्यो

काठमाण्डौ । इरानले अमेरिकी दूतहरूसँग प्रत्यक्ष वार्ता नगर्ने निर्णय गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार बढेको छ। यस निर्णयले खाडी क्षेत्रमा जारी अस्थायी युद्धविराम थप कमजोर हुने आशंका बढाएको छ।

आज ब्रेन्ट क्रुडको मूल्य ०.४७ प्रतिशतले बढेर प्रतिब्यारेल ७३.२९ डलर पुगेको छ भने डब्लूटीआई क्रुडको मूल्यपनि ०.५२ प्रतिशतले बढ्दै प्रतिब्यारेल ६९.८६ डलर पुगेको छ ।

New Office
CG Motors
Garima Development Bank

हालैको द्वन्द्वपछि मध्यपूर्वमा शान्ति वार्ताको प्रयास भइरहेका बेला इरान र कतारले अमेरिकी दूतसँग मध्यस्थमार्फत मात्र छलफल गर्ने बताएका छन्। यसले प्रत्यक्ष कूटनीतिक संवादको सम्भावना कमजोर बनाएको बजार विश्लेषकहरूको भनाइ छ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्ट्रेट अफ हर्मुजबाट जहाजहरू आवतजावतमा इरानलाई शुल्क लिन नदिइने चेतावनी दिएका छन्। यो जलमार्ग विश्वको करिब २० प्रतिशत तेल आपूर्तिको लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत त्रैमासिकमा भने तेल बजारमा तीव्र गिरावट देखिएको थियो। ब्रेन्ट तेल करिब ४५ डलरले घटेको थियो, जुन सन् २००८ पछिको सबैभन्दा ठूलो त्रैमासिक गिरावट हो। त्यस्तै, अमेरिकी तेल पनि २०२० यता सबैभन्दा ठूलो गिरावटमा पुगेको थियो।

विश्लेषकहरूले आगामी वर्षका लागि तेलको मूल्य पूर्वानुमान घटाएका छन्। हर्मुज जलमार्ग पुनः खुला भएपछि आपूर्ति जोखिम कम भएको र बजारमा आपूर्ति सहज भएको उनीहरूको मूल्यांकन छ।

अमेरिकामा कच्चा तेलको भण्डार पछिल्ला हप्तामा ६.१ मिलियन ब्यारेलले घटेको तथ्यांकले भने बजारलाई केही समर्थन गरेको देखिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.