सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो
काठमाण्डौ । अघिल्लो दिन घटेको सुनको सुनको भाउ आज बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ ८ सय रुपैयाँले महङ्गिएको हो ।नेपाल सुनचाँदी व्यवसयी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँ कायम थियो ।

