काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य पुनः३ लाख माथि उक्लिएको छ । मंगलबारको कारोबारमा मूल्यवृद्धि भएसँगै सुनको भाउ पुनः ३ लाख माथि पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ हजार रुपैयाँले महङ्गिएको छ ।
यो वृद्धिसँगै आज एक तोला सुनको मूल्य ३ लाख १ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन भने सुनको मूल्य ९ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा झरेको थियो ।
यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ५८ हजार ८३० रुपैयाँ कायम भएको छ ।
अर्को महत्वपूर्ण धातु चाँदीको भाउ पनि आज २० रुपैयाँले वृद्धि भएको छ । अघिल्लो दिन ४ हजार ९०५ रुपैयाँ कायम चाँदी आज प्रतितोला ४ हजार ९२५ रुपैयाँ कायम भएको छ ।

