काठमाण्डौ । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ भने चाँदीको मूल्य पनि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले महङ्गिएको छ । यो वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ७४० रुपैयाँ पुगेको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ र १० ग्रामको २ लाख ४९ हजार ४८५ रुपैयाँ रहेको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५०५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४८० रुपैयाँ थियो। अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ।

