काठमाण्डौ। स्थानीय बजारमा सुनको मूल्य क्रम आजपनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ रहेको थियो। यसअनुसार आज सुनको मूल्यमा प्रतितोला ५ हजार ४ सय रुपैयाँको उछाल देखिएको छ ।
आज १० ग्राम सुनको भाउ २ लाख ४९ हजार ४८५ रुपैयाँ कायम भएको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ३७० रुपैयाँ रहेको थियो।
यसअनुसार चाँदीको मूल्य आज प्रतितोला ११० रुपैयाँले बढेको हो।

