बिहीबार, श्रावण ७,२०८३ 02:07:25
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 02:07:25
Bizshala
Global IME Bank Limited

शिक्षामन्त्री पोख्रेल विरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच युवा पक्राउ

शिक्षामन्त्री पोख्रेल विरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच युवा पक्राउ
New Office

 

काठमाण्डौ ।  त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सव समारोहस्थलबाहिर शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शन भएको छ।

विश्वविद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पुगेका शिक्षामन्त्री पोख्रेललाई लक्षित गर्दै युवाहरूले ‘नेपो बेबी मुर्दावाद’लगायतका नारा लगाएका थिए। प्रदर्शनमा सहभागी पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रदर्शनकारी युवाहरूले विश्वविद्यालयमा योग्यता र क्षमताका आधारमा नियुक्ति हुने मेरिटोक्रेसी प्रणाली लागू गर्नुपर्ने माग गरेका थिए। उनीहरूले प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था खारेज गर्नुपर्ने तथा विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मागसमेत राखेका छन्।

युवाहरूले आफ्ना माग उल्लेख गरिएका प्लेकार्ड बोकेर कार्यक्रमस्थलबाहिर नाराबाजी गरेका थिए। प्रदर्शनपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.