काठमाण्डौ । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य दबाबसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको भाउ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५ हजार ८०० रुपैयाँले कम हो ।
बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ रहेको थियो। त्यस्तै, आज सुनको मूल्य १० ग्राममा २ लाख ४४ हजार ७७० रुपैयाँ कायम भएको छ।
यता, आज चाँदीको मूल्य पनि १५५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको थियो।

